भेनेजुएलामा सैनिक विमान दुर्घटनाग्रस्त, सात सैनिकको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ बैशाख २३, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाडौँ । भेनेजुएलाको राजधानी काराकासको बाहिरी इलाकामा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा सात जना सैनिक अधिकृतको मृत्यु भएको राष्ट्रपति निकोलास मदुरोले बताएका छन् ।

उक्त हेलिकप्टर राजधानी काराकासबाट उत्तर पश्चिमको सान कार्लोसतर्फ उडेको थियो । राष्ट्रपति मदुरोले ट्वीट गर्दै सात सैनिक अधिकृतको निधनले राष्ट्रलाई नै अपूरणीय क्षति भएको जानकारी दिएका छन् ।

मारिएका सैनिकहरुमा दुई जना मेजर, तीन जना क्याप्टेन र दुई जना लेफ्टिनेन्ट कर्णेल रहेका छन् । रक्षा मन्त्रालयले उक्त दुर्घटनाका बारेमा छानबिन थालेको छ ।

राष्ट्रपति मदुरो शनिबार सान कार्लोसमा थिए । पाँच हजारभन्दा बढी सैनिक सहभागी परेडको निरीक्षण गर्न राष्ट्रपति मदुरो यहाँ आएका हुन् ।

विपक्षी नेता हुँवा गुएइदोको विरुद्धमा शक्ति प्रदर्शन गर्न पनि उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ । गत साता राष्ट्रपति मदुरो विरुद्धको सैनिक विद्रोह पनि बिफल भएको थियो ।

विपक्षी नेता गुएइदोले सेनालाई राष्ट्रपति मदुरोलाई समर्थन नगर्न निरन्तर आग्रह गरिरहेका छन् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस