बैशाख २३,धादिङ । आईतबार राती लागु औषध नियन्त्रण ब्युरो,कोटेश्वर काठमाडौँसहित खटिएको प्रहरी टोलीले धादिङको गजुरी गाँउपालिका सोलीखोलास्थित कच्ची सडक खण्डमा भारतीय नम्बर प्लेटको कार बाट १ सय ७८ ग्राम अफिम र ४७ किलो चरेस बरामद गरेको छ ।
प्रहरीले लागुऔषध बोकेर आउने कार चालक जयपृथ्वी नगरपालिका ८ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका ४ मा बस्दै आएका ४६ बर्षिया काल्चे बोहोरालाई पक्राउ गरिएको गजुरी प्रहरी कार्यालयका प्रहरी निरिक्षक नवराज ढुंगेलले अनलाईन केन्द्रलाई जानकारी दिए ।
प्रहरीले लागुऔषध सर्च अपरेशनको क्रममा गाडीको पछाडीको सिटमुनी फल्स बटम बनाई चारवटा प्लास्टिकको पोका पारेर लुकाई राखेको अवस्थामा अवैद्य लागुऔषध अफिम ९ सय ७८ ग्राम र खैरो रङको प्लास्टिक टेपले बेरी र्यापिड गरी पोका पारेको अवस्थामा लागु औषध ४० किलो चरेस चालकको साथबाट बरामद गरेको हो । प्रहरीले चालकसंग भएको सिमकार्ड मोबाईलसमेत बरामद गरेको छ ।