प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकियो

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७६ बैशाख २३, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाडौँ । प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएको छ ।

सोमबार प्रदेश सभामा भएको मतदानबाट विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी तोकिएको हो । प्रदेश सभामा खसेको ९३ मतमध्ये विराटनगरलाई राजधानी बनाउने पक्षमा ८६ मत खसेको थियो । सत्तापक्ष नेकपा र प्रतिपक्ष कांग्रेसले प्रस्ताव पेस गरेकोमा कांग्रेसले प्रस्ताव फिर्ता लिएको थियो ।

विराटनगरलाई राजधानी तोकिएपछि विराटनगरमा आह्वान गरिएको बन्द पनि फिर्ता भएको छ । विराटनगरलाई प्रदेश राजधानी तोक्न माग गर्दै भएको बन्दले सोमबार दिनभर विराटनगर बजारको जनजीवन प्रभावित भएको थियो ।

राजधानी तोकेसँगै प्रदेश एकको तेश्रो अधिवेशन सकिएको छ । प्रदेश एकको नाम के राख्ने भन्नेबारेमा भने अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस