‘बालुवाटार जग्गा प्रकरणमा दोषी ठहरिए सजाय भोग्छु’ : महासचिव पौडेल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख २३, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २३, काठमाडौं । सत्तारुढ दल नेकपा महासचिव विष्णु पौडेलले बालुवाटार जग्गा प्रकरणमा दोषी ठहरिए सजाय भोग्न तयार रहेको बताएका छन् । ललिता निवास परिसरको जग्गा प्रकरणमा आफू दोषी ठहर भएमा जुनसुकै सजाय भोग्न तयार रहेको बताएका हुन् ।

सोमबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा महासचिव पौडेलले यस्तो बताएका हुन् । उनले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता भएको विषयमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

‘ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानबिन होस्, सत्यतथ्य सार्वजनिक होस दोषीलाई कडा कानूनी कारबाही होस् भन्ने माग गर्दछु’ उनले भने ‘र म आफू दोषी ठहर भए जुनसुकै सजायँ भोग्न तयार छु ।’

महासचिव पौडेलले सरकारले व्यक्तिको नाममा गैरकानूनी तरिकाले दर्ता गरिएका सरकारी स्वामित्वको एवं सार्वजनिक जग्गा सरकारको नाममा फर्काउन चालेको कदमको स्वागत गरे । महासचिव पौडेलले ललितानिवासमा ८ आना जग्गा किनेर छोराको नाममा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस