बैशाख २३, बाग्लुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताएकी छन् ।
बाग्लुङको अमलाचौरमा स्वर्गीय हिरण्यप्रसाद ढकालको स्मृतिमा निर्माण गरिएको भवनको उद्घाटन गर्दै उनले राज्यले शिक्षामा ठूलो लगानी गरे पनि उपलब्धी नआएको बताइन ।
अबको शिक्षा वैज्ञानिक, प्राविधिक र औद्योगिक हुनुपर्ने भन्दै राष्ट्रपति भण्डारीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सबै पक्ष अग्रसर हुनुपर्ने आग्रह गरिन ।