कीर्तिमानी साझेदारीमा वेस्ट इन्डिजको जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख २४, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौँ । आयरल्याण्डबिरुद्दको एक दिवसीय खेलमा वेष्ट इण्डिजले ठुलो अन्तरको जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा आयरल्याण्डलाई वेष्ट इण्डिजले १ सय ९६ रनले पराजित गरेको हो ।

३ सय ८२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ३४ ओभर ४ बलमा १ सय ८५ रनमा समेटियो । केभिन ओब्राईनले ६८ रनको अर्धशतकीय ईनिङ्स खेले । ग्यारी विल्सनले ३० तथा एण्डी बलब्रिनले २९ रन जोडे ।

वेष्ट इन्डिजका नर्सले ४ तथा शान्नोन ग्याब्रियलले ३ विकेट चट्काए ।

यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ३ विकेटको क्षतीमा ३ सय ८१ रन बनाएको थियो । ओपनिङ साझेदारीमा विश्व रेकर्ड बनाएका शाही होप र जोन कामबेलले पहिलो विकेटका लागि ३ सय ६५ रनको साझेदारी गर्दा वेष्ट इण्डिजले विशाल स्कोर खडा गरेको थियो ।

कामबेलले १ सय ७९ रनको शतकीय पाली खेल्दा होपले १ सय ७० रन बनाएका थिए ।

आयरल्याण्डका ब्यारी कार्थीले २ तथा मार्क अडिरले १ विकेट हात पारे ।

नजिकिंदै गरेको विश्वकपको तयारीमा रहेका वेष्ट इण्डिज र बंगलादेश हाल त्रिदिशीय सिरिज खेल्न आयरल्याण्डमा छन् ।

विश्वकप क्रिकेट मे ३० देखि इङ्ल्याण्डमा सुरु हुदैछ । एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस