सुदूरपश्चिम र प्रदेश दुई उपाधिका लागि भिड्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख २४, मंगलबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौँ । मनमोहन मेमोरियल अन्तर प्रदेश यू१६-राष्ट्रिय क्रिकेट प्रतियोगितामा उपाधिको लागि सुदूरपश्चिम र प्रदेश २ भिड्ने भएका छन् ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेशले प्रदेश १ लाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको थियो । दोस्रो सेमिफाइनलमा प्रदेश तीनलाई प्रदेश २ ले ४ विकेटले पराजित गर्दै उपाधिको लागि सुदूरपश्चिमसँग भेट पक्का गर्यो ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश ३ ले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो । उसका लागि आईस भट्टराईले सर्वाधिक २७, प्रशान्त महत २२, विपिन विक्रम शाही १३, तिलक भण्डारी १५, कृष कार्की ११ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । प्रदेश दुईका शेख इमरान र अरबाज अन्सारीले समान २ विकेट लिए । त्यस्तै बी पटेल र निखिल सिंहको नाममा १ विकेट रह्यो ।

१ सय २२ रनको लक्ष्य पछ्याएको प्रदेश दुईले २५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । उसका लागि मेगराज महोरा ६४ बलमा ५ चौका सहित ४७ रनमा अविजित रहे । रोहन बिक २१ र निखिल सिंहले ३२ रन बटुल्दै सहजै जित पक्का गरे । प्रदेश तीनका कृष कार्की र तिलक भण्डारीले समान २ विकेट हात पारे । फाइनल खेल मंगलबार टियु क्रिकेट मैदानमा १० बजे सुरु हुनेछ ।

विजेता टोलीले ५ लाख प्राप्त गर्ने छ । विजेताले २ लाख ५० हजार नगद साथै २ लाख ५० हजारको खेलकुद सामग्री प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उप विजेता टोलीले १ लाख २५ हजार नगद र सो सरहको खेलकुद सामग्री पाउने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस