अनन्याको क्रस हुन् कार्तिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ बैशाख २४, मंगलबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौँ । बलिउड अभिनेत्री सारा अली खानपछि बलिउडमा डेब्यु गर्न लागेकी अनन्या पाण्डेले पनि अभिनेता कार्तिक आर्यनका लागि मनको कुरा बताएकी छिन् । अनन्याले आफूलाई कार्तिक आर्यन खुब मन पर्ने बताएकी छिन् । कार्तिकको साथमा काम गर्ने मौका मिल्दा खुसी लागेको उनले बताएकी छिन् ।

हालै अनन्याले एक अन्तर्वार्तामा बताएकी छिन्, ‘म २० वर्षकी हुँ र यो सत्य हो कि मेरो कोहीसँग पनि क्रस हुन सक्छ । म कार्तिक आर्यनका लागि खुलेर आफ्नो फिलिङ्सको कुरा बताइरहेकी छु कि मलाई कार्तिक खुब क्युट लाग्छ ।’ उनले कार्तिकसँग काम गर्ने मौका मिलेकोमा आफूलाई भाग्यमानी बताएकी छिन् । यसअघि साराले पनि आफूलाई कार्तिक मन पर्ने बताएकी थिइन् ।

कार्तिक र अनन्या चाँडै नै ‘पति, पत्नी और वो’ फिल्ममा देखिँदै छन् । यो फिल्म १९७८ मा आएको सञ्जीव कपुरको फिल्म ‘पति, पत्नी और वो’को रिमेक हो । उनीहरूका साथ भूमि पेडनेकर पनि देखिनेछन् । फिल्म सुटिङअघिबाटै चर्चामा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस