साढे दुई वर्षको बालकको घाँटी रेटी हत्या !

Post Thumbnail

बैशाख २४,धनुषा । धनुषामा साढे दुई वर्षको बालकको घाँटी रेटी हत्या भएको छ । मिथिला नगरपालिका–६ ढल्केबरका शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साहको घाँटी रेटी हत्या भएको हो ।

सोमबारदेखि हराइरहेका बालकको आफ्नै घर पछाडीको आँपको बगैँचामा मंगलबार बिहान घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको हो । बालक सोमबार दिउँसो घरबाट बेपत्ता भएपछि प्रहरीलाई जानकारी गराइएको थियो । प्रहरीसहित स्थानीयले खोजी गरिरहेका थिए ।

वैदेशिक रोजगारीमा गएका शम्भुको दुई छोरी र एक मात्र छोरा थिए । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले बालकको हत्या भएको बताए ।

उनले बालकको अपहरणपछि हत्या भएको हुनसक्ने अनुमान गरिएको जानकारी दिनुभयो । ‘घटनाबारे अनुसन्धान भैरहेको छ । अनुसन्धानपछि मात्र घटनाबारे जानकारी दिन सकिन्छ ।’ उनले भने।

ताजा अपडेट

खोजी गर्नुहोस