श्रीमती र छोरालाई दिदी र भान्जा भन्दै जन्ती लगेपछि…

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ बैशाख २५, बुधबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २५, रौतहट । रौतहटमा बिवाहको एउटा अनौठो घटना सार्वजनिक भएको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-११ घर बताउने ३५ वर्षीय वीर बहादुर स्याङतान बिवाह गर्न भन्दै रौतहट पुगेका थिए ।

वैदेशिक रोजगारको सिलसिलामा साउदी पुगेका उनी चार वर्षदेखि चन्द्रपुर नगरपालिकाकी एक युवतीसँग फेसबुकमार्फत प्रेम सम्बधमा रहेका थिए । मंगलबार बिवाह गर्न भनी पुगेका उनी साधारण पहिरनमा पुगेका थिए । बिवाहका लागि आवश्यक कुनै सामाग्री थिएनन् । त्यसपछि गाउँलेले संका लागेर केरकार गर्दा उनी पहिले नै बिवाहित भएको खुल्यो ।

त्यतीमात्र होईन उनले संगै लिएर दिदी र भान्जा भन्दै चिनाएका श्रीमती र छोरा भएको खुलासा भयो । लगत्तै उनलाई बहुबिवाह गर्न खोजेको आरोपमा प्रहरीले प्रक्राउ ग¥यो भने उनकी श्रीमती संन्जीलाई पनि नियन्त्रणमा लियो । संन्जीले बुढाको ढिपीको अगाडी केही नलागेपछि दिदी बनेर आएको बताईन् ।

यता स्थानीयले भने उनीहरु केटी बेच्ने दलाल भएको हुन सक्ने संका गरेका छन् । प्रहरीले भने प्रक्राउ परेका स्याङतान र संन्जीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस