लिभरपुलको अविश्वसनीय पुनरागमन !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख २५, बुधबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

बैशाख २५, काठमाडौँ । अविश्वसनीय पुनगरागमन रच्दै प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

मंगलबार राति सेमिफाईनलको दोस्रो लेगको खेलमा बार्सिलोनालाई ४–० गोल अन्तरले हराउँदै लिभरपुल समग्रमा ४–३ को नतिजा सहित फाईनल प्रवेश गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुल मुख्य फरवार्डद्वय रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाबिना मैदान उत्रिएको थियो ।

लिभरपुलको जितमा डिभोक ओरिगी र जर्जिनियो वाइनाल्डमले समान २–२ गोल गरे ।

खेलको ७ औ मिनेटमा ओरिगीले लिभरपुललाई अग्रता दिलाए ।

५४ औ मिनेटमा वाइनाल्डमले लिभरपुलको अग्रतालाई दोब्बर बनाए । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले ५६औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० को स्थितीमा पुर्याएका थिए ।

७९ औ मिनेटमा ओरिगीले क्लबका लागि चौथो गोल थप्दै लिभरपुरलाई ऐतिहासिक जित दिलाए ।

लिभरपुलले उपाधिका लागि जुन १ मा टोटेनहम र अजाक्सबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस