१८ मेयरद्वारा उपत्यका विकास प्राधिकरण खारेजीको माग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख २६, बिहिबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

बैशाख २६, काठमाडौँ । उपत्यकाका नगरप्रमुखहरुले उपत्यका विकास प्राधिकरण खारेजीको माग अघि सारेका छन्।

वर्तमान संविधानविपरित गठित र स्थानीय सरकारको मर्म नबुझी कार्य गरेको आरोप लगाउँदै उनीहरुले प्राधिकरण खारेज हुनुपर्ने बताएका हुन्।

उपत्यका नगरपालिका फोरमद्वारा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उपत्यकाका १८ मेयरले प्राधिकरण खारेज गर्न माग गरेका हुन्।

कार्यक्रममा काठमाडौँ र ललितपुर महानगरपालिकासहित उपत्यकाका १८ मेयर, उपमेयर लगायतको सहभागिता थियो।

गाउँपञ्चायतबाट गाविस हुँदै नगरपालिका भइसक्दा पनि ऐन परिवर्तन नभएको र उक्त ऐनका विभिन्न दफा स्थानीय सरकार ऐन २०४७ सँग बाझिएको र संबैधानिक अस्तित्व नभएकाले प्राधिकरण खारेज गर्नुपर्ने माग गरिएको फोरमका सचिव तथा मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस