उच्च अदालतको जग्गा वर्षाैँदेखि अतिक्रमणमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख २७, शुक्रबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख २७, काठमाडौँ । उच्च अदालत तुलसीपुरअन्तर्गत बुटवल इजलास कार्यालयको जग्गा वर्षाैँदेखि अतिक्रमणमा परेको छ।

बुटवल उपमहानगरपालिका–४ स्थित जेसिज चोकदेखि उत्तर, खानेपानी कार्यालयदेखि दक्षिण र इजलासअगाडिको सडकबाट पश्चिमसम्म फैलिएको जग्गा अतिक्रमण भएको हो।

सरकारी लिखतअनुसार साविकको कित्ता नम्बर ३ सय ९६ को २ बिघा ५ कट्ठा १४ धुर जग्गा लुम्बिनी अञ्चलाधीश कार्यालयका नाममा थियो।

०४६ सालमा खारेज भएपछि अदालत विस्तारका लागि भन्दै साविक पुनरावेदन अदालत बुटवलले जग्गा आफ्नो नाममा बनाएको थियो।

जग्गाको स्वामित्व लिए पनि अदालतले कार्यालय वरिपरिको जग्गा संरक्षणमा वास्ता नगर्दा अतिक्रमणमा परेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस