प्याड नहुँदा समस्या, रजस्वला हुँदा कक्षा छाड्छन् छात्रा

Post Thumbnail

बैशाख २८, काठमाडौँ । विद्यालयमा व्यवस्थित शौचालय र पानीको अभावका कारण हुम्लाका विकट गाउँबस्तीका छात्राहरु रजस्वला हुँदा विद्यालय जान पाउँदैनन्।

उनीहरुले महिनामा चार दिन विद्यालय छोड्नुपर्छ।
यस हिसावले एक वर्षमा छात्राहरु ४८ दिन विद्यालय छाड्न बाध्य हुने गरेका छन्।

हुम्लाको ताजाकोटको धर्मोदय माविमा हाल ३१८ जना विद्यार्थी अध्ययनरत छन्। जसमा १९२ जना छात्रा छन्।

प्रायः कक्षा ६ देखि माथिका छात्राहरु महिनाको एक पटक रजस्वला हुन्छन्। प्राकृतिक रुपमै चार दिनसम्म असहज हुने र बार्नुपर्ने भएकाले महिनाको करिब चार दिन उनीहरु विद्यालयमा नआउने गरेका हुन्।

प्याडको अभावको कारण विद्यालय आउन कठिन हुने गरेको छात्राहरु बताउँछन्।

ताजा अपडेट

खोजी गर्नुहोस