सुक्ष्म लोकतन्त्रको बलियो आधार खुल्ला सरकार सहकार्य : राजदूत टेप्लिज

जेठ १,नेपालगञ्ज । नेपालका लागि अमेरिकी राजदूत अलाइना वि टेप्लिजले सुक्ष्म लोकतन्त्रको बलियो आधार खुल्ला सरकार सहकार्य भएको बताएकी छिन ।
अमेरिकी राजदूतावासको आयोजनामा आज नेपालगन्जमा भएको गोलमेच छलफलमा उनले भनिन, “पारस्परिक जवाफदेहीता स्थापना गर्न तथा सरकार र नागरिक सामाजबीच विश्वासको वातावरण निमार्ण गर्न खुल्ला सरकार सहकार्य (ओजिपी) प्रमुख औजार तथा प्रक्रिया रहेको छ ।”
राजदूत टेप्लिजले यस प्रक्रियामा सरकार र नागरिक सामाजसँगै मिलेर कार्य गरेमा नेपालमा सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै “यो एउटा न्यूनतम व्यवहार हो, यसले सरकारलाई प्रर्वद्धन गर्छ,” भनिन ।
सो अवसरमा युएसएआइडी भ्रष्टाचार निवारण तथा सुशासन कार्यक्रमका वरिष्ठ सल्लाहकार तथा ओजिपीका सञ्चालक समिति सदस्य भिक्टोरिया आयरले ओजिपीको अवधारणा, प्रयोग, अवस्था, फाइदा र बाहिरी देशहरुमा भइरहेको अभ्यासलगायत विषयमा प्रस्तुतीकरण गर्दै नेपाल यसको सदस्य बन्न लायक रहेको बताए ।
उनले संस्थापक आठ मुलुकबाट शुरु भई अहिलेसम्म ओजिपीमा ७५ वटा देश सदस्य रहेको उल्लेख गर्दै नेपाल पनि सदस्य बन्न आधारभूत मापदण्ड पूरा गरेको बताए ।

संम्बन्धित समचार

Leave a Reply