ट्रम्पको निर्णयलाई अदालतको साथ : आठ देशका नागरिकले अमेरिका प्रवेश गर्न नपाउने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ अषाढ १३, बुधबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

असार १३,काडमाडौँ । विभिन्न छ मुस्लिम देशसहित आठ देशका नागरिकले अमेरिका प्रवेश गर्न नपाउनेगरी अमेरिकी सर्वोच्च अदालतले फैसला गरे लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले सो फैसलाको स्वागत गरेका छन ।

राष्ट्रपति ट्रम्पले ट्वीट गरेर उक्त फैसलाको स्वागत गरेका हुन। यस फैसलाप्रति उनले प्रसन्नता व्यक्त गर्नुभएको अमेरिकी सञ्चारले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले यो आफ्नो पुरानो निर्णय मात्र नभएर एक किसीमले भन्ने हो भने राष्ट्रपतीय निर्वाचनको एजेण्डा नै हो भन्दै उक्त निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएकोमा प्रशन्नता व्यक्त गरेका छन ।

यसअघिका तल्ला अदालतहरूले उक्त आदेश असंवैधानिक भनेकोमा उनले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीट अकाउन्टमा अदालतको यस फैसलालाई ठूलो सफलता हो पनि भनेका छन ।

अहिले पनि ट्रम्प प्रशासन मेक्सिकोबाट गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूका विरुद्धमा कडा रुपमा प्रस्तुत भइरहेको थियो ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पनि संक्षिप्त प्रतिक्रिया दिने क्रममा अदालतको आदेशको स्वागत गरेका थिए ।

उनले सो प्रतिक्रियामा भनेका थिए– “हामी हाम्रो देशको सुरक्षाको लागि जति कडा हुनुपर्छ त्यति नै हामीले हुन पाउनुपर्छ । आफ्नो देशको सुरक्षा हाम्रो अधिकार र दायित्व हो त्यसैले जसरी हामी सुरक्षित हुन सक्छौँ त्यो मापदण्ड हामीले पूरा गर्न पाउनुपर्छ ।’’

ताजा अपडेट

खोजी गर्नुहोस