मखमली–२ को गित कपि गरेको आरोपमा म्युजिक नेपालका सञ्चालक पक्राउ

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ बैशाख २९, आईतबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २९,काठमाडौँ । प्रहरीले म्युजिक नेपालका म्यानेजर उज्जवल थापा र अध्यक्ष सन्तोष शर्मालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । उनलाई राजु गिरी निर्देशित फिल्म मखमली–२ को ‘फुल झै फेलेको मेरो जिन्दगी यो’ बोलको गित कपि गरेर सार्वजनिक गरेको अभियोगमा पक्राउ गरिएको हो । सो गितमा शब्द,लय तथा संगित सावित्रा चिलवालको रहेको थियो । चिलवालले क्षतीपुर्ती स्वरुप १ करोड रुपैयाको दावी गरेको अनलाईन केन्द्रलाई बताईन ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले थापालाई पक्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘प्रतिलिपि अधिकार सम्बन्धी उजुरी परेपछि पक्राउ गरेका हौं ।’

थप अनुसन्धान भइरहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस