सारेगमपामा नेपालका प्रितम र आयुषको धमाका, पुगे ‘टप ९’ मा

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ बैशाख ३०, सोमबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख ३०, काठमाडौँ । नेपालका बालकद्वय प्रितम आचार्य र आयूष केसी भारतीय गायन रियालिटि कार्यक्रम ‘सारेगमप’ को टप ९ मा पुगेका छन्। आइतबार राती भएको कार्यक्रममा उनीहरु टप ९ मा छानिएका हुन्।

‘जीटिभी’ बाट प्रशारण भएको गायन रियालिटी कार्यक्रम गएको फ्रेब्रुअरी ९ बाट सुरु भएको हो। १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यो कार्यक्रममा सहभागी छन्। यो वर्ष प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट ८ जना सहभागी भएका थिए।

१२ वर्षका आयुष र ११ वर्षका प्रितममात्र कार्यक्रममा सहभागी हुन पाएका थिए। कलिङ्ग राउण्ड बाट मेगा अडिसनमा प्रस्तुती दिएपछि उनीहरु टप ३० मा पुगेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस