असार १३,काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह मध्यपश्चिम यात्रामा जाने भएका छन् । उनी मुलुकको मध्यपश्चिम क्षेत्रको भ्रमणका लागि नेपालगञ्ज जाने उनका संवाद सचिव फणिराज पाठकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पूर्वराजा यही असार २० गते बुधबार पूर्वरानी कोमलका साथ जाँदैछन् । पूर्वराजाको जन्मोत्सव यही असार २३ गते पर्ने भएकाले उनले जन्मोत्सव नेपालगञ्जस्थित होटेल सोल्टीमा मनाउने छन् ।
उनले भ्रमणका क्रममा देवीदेवताको मन्दिरमा दर्शन र भेटघाटको कार्यक्रम राखिएको छ।
दुई साता नेपालगञ्जमा बस्ने योजना बनाएका पूर्वराजाले पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत मध्यपश्चिमका नेताहरुसंग छलफल गर्ने स्रोतले बताएको छ।