उत्पादनमुलक क्षेत्रमा लगानी वृद्धि गरिनुपर्छ : अर्थविद् आचार्य

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ३०, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख ३०, काठमाडौँ । सरकारले निति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा थप ५ लाखलाई रोजगारी सृजना गर्ने जनाएको छ ।

यसका लागि सरकार उत्पादनमुलक क्षेत्रमा लगानी प्रवद्र्धनका लागि केन्द्रीत हुनुपर्नेमा जोड दिइएको छ ।

सरकारले समुद्ध नेपाल सुखी नेपालीको नारा पुरा गर्नको लागी उत्पादनशिल क्षेत्रहरुमा लगानी बढाई निजी क्षेत्रमा रोजगारी सिर्जना गर्न आगामी बजेटमा ठोस कार्यक्रम ल्याउनुपर्नेमा अर्थविद्हरुको जोड छ ।

दैनिक सयौ नेपालीहरु रोजगारीका लागि विदेशींदै गरेको वर्तमान समयमा सहुलियतपुर्ण कर्जाको व्यवस्थाले पनि केही हदसम्म सघाउ पुर्याउने अर्थविद् केशव आचार्यको भनाई छ ।

आगामी वर्षमात्र थप ५ लाख रोजगारी सृजनाका लागि भने सरकार उपलब्ध साधनस्रोतको चुस्त प्रयोगमा गम्भिर हुनैपर्नेमा उनको जोड छ ।

कृषी तथा वनमा आधारित उद्योगहरुको स्थापना गर्न सकेमा रोजगारी अझै वृद्धि हुने भएकोले सरकारले त्यसतर्फ ध्यान दिनपर्ने उनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस