भारतबाट भित्रिएका एक करोडको मदिरा बरामद

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ३१, मंगलबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ३१, काठमाडौँ । उच्चकोटीको विदेशी मदिरा भारतबाट तस्करी हुँदै नेपाल भित्रिने गरेको खुलेको छ।

भारतमा उत्पादन हुने र विदेशबाट भारत ल्याइएका विभिन्न ब्रान्डका मदिरा अवैध तरिकाले नेपाल भित्रिने गरेको पाइएको हो।

भैरहवाको बेलहिया नाका हुँदै भरियामार्फत यस्तो मदिरा नेपाल भित्रिने गरेको हो।

यसअघि यो नाकाबाट मदिरा बनाउने कच्चा रक्सी (स्प्रिट) आयात हुने गरे पनि तयारी मदिरा भने आयात हुने नगरेको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी कलिराम पौडेलले बताए।

‘डेढ वर्षको अवधिमा एक करोड रुपैयाँभन्दा बढीका मदिरा जफत गरेका छौं,’ उनले भने, ‘त्यस्तो मदिरा लिलामीका लागि अहिले सूचना प्रकाशित गरेका छौं।’

ताजा अपडेट

खोजी गर्नुहोस