गौतमबुद्ध विमानस्थल निर्माणमा उपमहानगरको अवरोध

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ३१, मंगलबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख ३१, काठमाडौँ । बुटवल उपमहानगरपालिकाले विभिन्न बहाना गर्दै दुई महिनादेखि नदीजन्य पदार्थ नदिएपछि बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ ।

सरकारले उच्च प्राथमिकता दिएर बनाउन लागेको यो विमानस्थल अन्तिम चरणमा पुग्न लागेको छ । तर, यसैबेला कच्चा पदार्थ अभावले निर्माण रोकिन पुगेको हो । पछिल्लो समय चिनियाँ ठेकेदार कम्पनीलाई भुक्तानी नदिँदा निर्माण कार्य प्रभावित बनेको छ ।

उपमहानगरपालिकाले नदीजन्य पदार्थ दिन सम्झौता गरी राजस्व समेत बुझिसकेको छ । उपमहानगरपालिकाले चाइनिज कम्पनीलाई आपूर्ति गर्र्ने स्थानीय आपूर्तिकर्ता स्वासम कन्सट्रक्सन प्रालिलाई प्रतिघनमिटर ६ रुपैयाँका दरले १७ हजार सात सय २७ घनमिटर नदीजन्य उत्खनन गर्न दिने सम्झौता गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस