आयाक्स लिग च्याम्पियन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ २, बिहिबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौँ । डच क्लब आयाक्सले घरेलु लिगको उपाधि जितेको छ । बुधबार राति भएको लिग चरणको अन्तिम खेलमा डी ग्राफ्सचापलाई ४–१ गोल अन्तरले हराउँदै आयाक्ले सन् २०१४ पछाडी पहिलो पटक लिग उपाधि उचालेको हो ।

च्याम्पियन्स लिगको फाईनल नजिक पुगेर बाहिरिएको आयाक्सलाई ३४ औ लिग उपाधि जित्न एक अंकनै आवश्यक थियो ।

लासे शान र निकोलस ट्यागलियाफिको पहिलो हाफमा दुई गोल गर्दै आयाक्सलाई बलियो स्थितीमा पु¥याएका थिए । टाडिकले दोस्रो हाफमा दुई गोल गर्दै टिमलाई ऐतिहासिक जित दिलाए ।

अजाक्सका स्टार मिडफिल्डर फ्रेन्की डे जोङ यसै सिजन पछाडी ६५ मिलियन पाउण्डमा स्पेनिस क्लब बार्सिलोना जादैछन् । युवा कप्तान म्याथिज्स डी लिग्ट लगायतका केही युवा खेलाडीले समेत यसै सिजन क्लब छाड्दैछन् ।

टोटेनहमका लुकास मौराले अन्तिम समयमा गोल गर्दै आयाक्सलाई च्याम्पियन्स लिगको फाईनल यात्राबाट घर पठाईदिएका थिए ।

लिग विजेता आयाकसले ३४ खेलबाट ८६ अंक जोड्न सफल रह्यो । उपविजेता बनेको पीएसभीले ८३ अंक प्राप्त गर्यो । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस