काठमाडौं-भीमफेदी सुरुङमार्ग निर्माण गर्न चिनियाँ लगानीकर्ता इच्छुक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ २, बिहिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौँ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काडमाडौँ उपत्यकामा बढ्दो यातायात चापलाई सहज तुल्याउन विद्युतीय बससेवा सञ्चालन तथा सुरुङमार्ग निर्माण गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको जानकारी दिएका छन् ।

प्रदेशसभाको बुधबारको  बैठकमा उनले भीमफेदी–काठमाडौँ जोड्जे सुरुङमार्गको निर्माण कार्यलाई सञ्चालनमा ल्याउन चिनियाँ लगानीकर्तासँग वार्ता भएको र उनीहरु छिट्टै काठमाडौँ आई लगानीका विषयमा छलफल गर्ने तयारीमा रहेको बताए ।

मुख्यमन्त्री पौडेलले राष्ट्रपति विद्यादेवि भण्डारीको चीनको राजकीय भ्रमणको सिलसिलामा सो टोलीमा आफू पनि सहभागी भएको प्रदेशसभाको बैठकलाई जानकारी दिँदै उनले चीन सरकार र प्रदेश नं ३ सरकारको बीचमा चिनियाँ सरकारी पक्षसँग सम्झौता भएको जानकारी दिए । रासस

ताजा अपडेट

खोजी गर्नुहोस