लेवान्डोस्कीलाई अनुबन्ध गर्न युनाईटेड र पीएसजीको प्रस्ताव

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ ३, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ३, काठमाडौँ । जर्मन क्लब वायर्न म्युनिखका स्ट्राइकर रोबर्टो लेवान्डोस्कीलाई इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अनुबन्धको प्रस्ताव गरेको छ ।

वायर्नले थप एक वर्षका लागि मात्र अनुबन्ध सम्झौता थप्ने तयारी गरेपछि असन्तुष्ट रहेका लेवान्डोस्कीलाई युनाईटेड र पीएसजीले नजर लगाएको हो । वायर्नसंग लेवान्डोस्कीको सम्झौता सन् २०२१ सम्म रहेको छ । तर, लेवान्डोस्कीले भने क्लबसंग लामो सम्झौता गर्ने योजनामा रहेका छन् ।

लेवान्डोस्कीले युनाईटेड र पीएसजीको प्रस्ताव प्राप्त गरेको इन्ग्लिश म्यागजिन किकरले जनाएको छ । ‘यहिँ समयमा उनलाई युनाईटेड र पीएसजीबाट प्रस्ताव आएको हो ।’ म्यागजिनले लेखेको छ ।

पोल्याण्डका ३० वर्षीय स्ट्राइकर लेवान्डोस्की सन् २०१४ मा वायर्न आएका थिए । उनले वायर्नबाट २४० खेलमा १८९ गोल गरिसकेका छन् ।

गत सिजनको समरमा मड्रिडको प्रस्ताव अस्वीकार गर्दै वायर्नमै रहेका लेवान्डोस्की लामो समय जर्मनमै रहन चाहन्छन् ।यहिँ मार्चमा किकर म्यागजिनसँगको अन्तर्वातामा उनले क्लबसंगको सम्झौता लम्ब्याउन चाहेको बताएका थिए ।

‘हामीले प्रारम्भिक छलफल गरेका छौं, तर केही समय लाग्न सक्छ किनभने यो समय मेरो ध्यान यस सिजनको अन्त्यमा छ ।’ उनले भनेका थिए, ‘म लामो समय रहने सोचिरहेको छु ।’ एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस