रियल र जोभिक सम्झौतानजिक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ ३, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ३, काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिड र जर्मन क्लब फ्रान्कफर्टका फरवार्ड लुका जोभिक सम्झौता नजिक पुगेको छ ।

रियलले जोभिकलाई ५ वर्षका लागि ५२ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्न सम्झौता नजिक पुगेको हो । जोभिक रियलमा पुगे फ्रान्कफर्टले उक्त रकमको १० मिलियन पाउन्ड जोभिकको पुर्व क्लब बेन्फिकालाई तिर्नेछ । उनलाई केही दिनमै सार्वजनिक गरिने क्लबले जनाएको छ ।

पोर्चुगिज क्लब बेन्फिकाबाट यसै सिजन लोनमा फ्रान्कफर्ट पुगेका जोभिकले उच्च प्रदर्शन गरेका थिए । जोभिकले यो सिजन ४७ खेलमा २७ गोल गरेका थिए ।फ्रान्कफर्टले जोभिकलाई स्थायी रुपमा अनुबन्ध गर्ने प्रयास थालेको थियो । तर, रियल यसमा सफल भएको हो ।

जोभिकले बुन्डेस लिगामा ३१ खेलमा १७ गोल गर्दा ५ असिस्ट र युरोपा लिगको १४ खेलमा १० गोल र एक असिस्ट गरेका थिए । उनकै उच्च प्रदर्शनमा फ्रान्कफर्ट युरोपा लिगको सेमिफाइनलसम्म पुग्न सफल भएको थियो ।

सर्वियन क्लब रेड स्टार बेलग्रेडबाट जोभिक २०१६ मा बेन्फिका पुगेका थिए । बेन्फिकामा चार खेल खेल्दै जोभिक २ वर्षे लोनमा फ्रान्कफर्ट पुगेका थिए । जोभिकले बुन्डेस लिगा अन्तरगत शनिबार राति उपाधि होडमा रहेको बायर्न म्युनिखविरुद्ध खेल्दैछ यही खेलपछि नै उनले आफ्नो भविष्यबारे घोषणा गर्नेछ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस