मदन–आश्रित स्मृति दिवस मनाइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ३, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३, काठमाडौँ । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवस आज (शुक्रबार) विविध कार्यक्रम गरी मनाइँदैछ ।

२०५० साल जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएको थियो ।

रहस्यमय रहेको यो घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन ।

दुर्घटनाका साक्षी रहेका जिप चालक अमर लामाको हत्या भएपछि यो घटना थप रहस्यमय भएको हो ।

भण्डारी र आश्रीतको मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते विविध कार्यक्रमको आयोजना गरिन्छ ।

बाम आन्दोलनका धरोहरका रुपमा लिइने भण्डारीको राजनीतिक योगदान महत्वपूर्ण छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर विभिन्न कार्यक्रम गर्ने तयारी गरेका छन् ।

गत वर्ष आजैका दिन एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस