भारतद्वारा उदयपुर जिल्लामा शैक्षिक संस्थाको निर्माण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ४, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाडौँ । पूर्वमन्त्री डा. नारायण खड्काले उदयपुरको चौदण्डीगढी नगरपालिका स्थित नारद आदर्श शिक्षा क्याम्पसकोे उद्घाटन गरेका छन् । समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार विशेष अतिथि थिए । सन् १९७१ मा माध्यमिक विद्यालयको रुपमा स्थापना भएको नारद आदर्श शिक्षा क्याम्पस सन् २००३ मा क्याम्पसको रुपमा स्तरोन्नती गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ यस क्याम्पसमा १३५ विद्यार्थी अध्ययनरत छन् जसमध्ये ७० प्रतिशत छात्रा रहेका छन् । यस क्याम्पसले शिक्षा संकायको चार वर्षे बिएड कार्यक्रम प्रदान गर्दै आएको छ । भारत सरकारको ३ करोड २ लाख अनुदान सहयोगमा निर्मित दुई तले क्याम्पस भवनमा १२ वटा कक्षा कोठा, पुस्तकालय, सभा कक्ष, छात्र तथा छात्राका लागि छुट्टा–छुट्टै शौचालय र फर्निचरको व्यवस्था रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस