बैतडी जीप दुर्घटना : ज्यान गुमाउने सबैको परिचय खुल्यो

जेठ ५,बैतडी । बैतडीको नानीगाडमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै परिचय खुलेको छ ।

आइतबार बिहान साढे ११ बजेतिर बैतडीको दशरथचन्द नगरपालिका १० बाराकोटबाट देहीमाण्डौ हुँदै नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

ज्यान गुमाउनेमा दशरथचन्द नगरपालिका(१०, बाराकोटका अन्दाजी ४५ वर्षका हिराबल्लभ भट्ट, त्यसै ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट र अन्दाजी ६० वर्षका लालमणि भट्ट रहेको प्रहरीले जनाएको छ ।

जीपमा देवताल मन्दिरको दर्शनका लागि ६ जना चढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply