हिमाली जिल्ला मनाङमा टेलिकमले दिएको सेवा झुर ! सेवाग्राही मर्कामा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ जेष्ठ २, बुधबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

१ जेठ,काठमाडौँ । सरकारले नेपालका सबै जिल्लामा दूरसञ्चार सेवा पु¥याएता पनि हिमाली जिल्ला मनाङमा भने सेवा खासै प्रभावकारी वन्न सकेको छैन ।
मनाङवासी नेपाल टेलिकमले दिएको सेवाबाट अझै वञ्चित छन् । ठाउँठाउँमा अग्लाअग्ला टावर निर्माण भएका त छन् तर सेवा सुविधा भने प्रभावकारी छैन ।
अहिलेको आधुनिक संसारलाई जोड्ने सञ्चार संस्थानले धेरै मुनाफा कमाएको अवस्थामा पनि सेवाग्राही भने कति लाभान्वित भए हेर्नु जरुरी छ ।
अहिले नेपाल टेलिकमले विभिन्न सेवा सुविधा उपलब्ध गराए पनि मनाङमा फोन सम्पर्कसमेत कठिन भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । उनले भने, “हामीले नेपाल दूरसञ्चार, मनाङ शाखालाई पटकपटक पहल गर्दा पनि यो र उ बहाना बनाएर बेवास्ता गरेको छ ।” यसरी मनाङमा सबै सेवासुविधा हुँदाहुँदै पनि पछाडि परेको उनको भनाइ रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस