एम्बाप्पे पीएसजीमै रहने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ ७, मंगलबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले युवा फरवार्ड केलियन एम्बाप्पे अर्को सिजन समेत क्लबमै रहने बताएको छ । विश्वकप विजेता टिमका सदस्य एम्बाप्पले लिग वानको प्लेयर अफ द अवार्ड जितेपछि नयाँ परियोजनाको बिषयमा बोेलेका थिए ।

पीएसजीले बिज्ञप्ती जारी गर्दै क्लब र एम्बाप्पेबीच धेरै बलियो सम्पर्क रहेको उल्लेख गरेको छ । उनलाई सन् २०१७ मा मोनाकोबाट हस्ताक्षर गराएर पीएसजीले क्लबमा अनुबन्धन गरेको थियो ।

सुरुमा उनी लोनामा पीएसजी आएका थिए । उनको सम्झौतालाई १ सय ६६ मिलियन पाउण्डमा स्थायी बनाईएको थियो । त्यसपछि उनी सहकर्मी नेयमारपछि विश्व फुटबलका सबै भन्दा दोस्रो महङ्गा खेलाडी बनेका थिए ।

उनले पीएसजीमा ८६ खेलमा ५९ गोल गरेका छन् । दुई उपाधि र एक फ्रेन्च कप जितेका छन् । तर च्याम्पियन्स लिगको नकआउट चरणमा म्यानचेष्टर युनाईटेडसंग पराजित हुदै पीएसजी प्रतियोगिताबाट बाहिरिएको थियो ।

एम्बाप्पेले यस सिजन लिगमा ३२ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन् । एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस