अनुसन्धानका एआइजी रेग्मी र डीआइजी कार्की एक तह घटुवा

जेठ ७, काठमाडौँ । विषेश पद सृजना गरि बढुवा गरिएका राष्ट्रिय अनुसन्धानका एआईजी यादब रेग्मी र डीआईजी मधु कार्की एक तह घटुवा भएका छन्।

देउबा सरकारका पालामा रेग्मी दुई वर्षअघि एआईजीमा बढुवा भएका थिए। यसैगरि कार्की वर्तमान ओली सरकारकै पालामा डीआईजीमा बढुवा भएका हुन्।

स्रोतका अनुसार ओएनएम खारेज गरि विषेश दरबन्दी हटाएर रेग्मी र कार्कीलाई एक तह घटुवा गरिएको हो। मन्त्रिपरिषद्को सोमबारको बैठकले यस्तो निर्णय गरेको स्रोतले जानकारी दिएको छ।

गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान हाल प्रधानमन्त्रि कार्यालय मातहतमा छ। गत माघमा राष्ट्रिय अनुसन्धानमा ३० वर्षे सेवा अवधि हटाईएपछि यी दुवैलाई फाजिलमा राखिएको थियो। सरकारले राजिनामा दिन पटकपटक दबाब दिएपनि अटेर गरेर बसेका कारण उनिहरुलाई एक तह घटुवा गरिएको मन्त्रिपरिषद् स्रोतले बतायो।

संम्बन्धित समचार

Leave a Reply