वैदेशिक रोजगारीबाट फर्किएका १८ हजार युवालाई सहुलियत ऋण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ ८, बुधबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ८, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यम व्यवसाय सञ्चालन गर्न चाहने १८ हजार युवालाई सूचीकरण गरी सहिुलियत ऋण दिने तयारी गरेको छ।

वैदेशिक रोजगारीबाट फर्की आफूसँग भएको सीप, पुँजी र सहुलियतपूर्ण कर्जाको प्रयोग गरी स्वरोजगार हुन सूचीकरणका लागि निवेदन दिएकामध्ये १८ हजार सात सय ६७ युवालाई ऋण दिने तयारी गरिएको हो ।

१९ हजार युवाले सहुलियत ऋणको लागि आवेदन दिएकामध्ये १८ हजार सात सय ६७ सूचीकरण भएका हुन्।

सरकारले परियोजना धितो राखेर उद्यम गर्न चाहने युवालाई १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस