वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ८, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ८, काठमाडौँ । वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। स्वास्थ्य उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना भएका अग्रवालको मंगलबार राति करिब पौने बाह्र बजे निधन भएको हो।

गत वैशाख २४ गते छातीमा समस्या देखिएपछि नोबेल भर्ना भएका डा. अग्रवाललाई उपचारका क्रममा आइसियुमा राखिएको थियो। उपचारका क्रममा इसीजी गर्दा असहज देखिएपछि डा। अग्रवालको इलेक्ट्रोकार्डियोग्राम इको गरिएको थियो।

त्यसक्रममा अग्रवालको मुटुमा समस्या देखिएको र इन्जीयोग्राफीका क्रममा मस्तिष्कघात भएको बताइएको छ। त्यसपछि उनलाई आइसीयुमा राखेर उपचार गराइएको थियो। घटनापछि मृतकका आफन्त तथा साथीहरुले भने अस्पतालको कमजोरीका कारण दुर्घटना भएको बताउँदै आएका थिए।

४० वर्षका डा. अग्रवालको उपचारका क्रममा भारतको मेदान्त अस्पताल तथा काठमाडौँका वरिष्ठ चिकित्सकसँग पनि थप सल्लाह गरिएको थियो। तथापि अन्य अस्पतालमा थप उपचारका लागि सार्न नमिलेपछि अग्रवाललाई नोबेलमै राखिएको थियो। सोही क्रममा अग्रवाललाई मस्तिष्कघात भइसकेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए।

स्वास्थ्यकर्मी एवं अग्रवाल निकट दिनेश ठाकुरका अनुसार बुधबार बिहान विराटनगरस्थित रेन्बोगल्लीमा रहेको अग्रवालको घरमा श्रद्धाञ्जलीका लागि शव राखिने भएको छ।

विराटनगरका स्थानीय अग्रवाल विगत ६ वर्षदेखि कोशी अञ्चल अस्पतालमा कार्यरत थिए। अग्रवालको श्रीमती र एक छोरी छन्।

ताजा अपडेट

खोजी गर्नुहोस