रञ्जित तामाङले भने– ‘मेरो आदर्श नेता प्रचण्ड,पद त्याग गर्नु के ठूलो कुरा भयो र ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ जेष्ठ ८, बुधबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ ८,काठमाडौँ । नेकपाका विद्यार्थी नेता रञ्जित तामाङ सहसंयोजकको जिम्मेवारीमा बस्न तयार भएका छन् । तत्कालीन माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रहेका तामाङले एकतापछि पनि विद्यार्थी संगठनको संयोजकमा दाबी गर्दै आएका थिए ।

तर, पार्टीले तत्कालीन अनेरास्ववियुका महासचिव ऐन महरलाई संयोजक बनाएर तामाङलाई सहसंयोजकको जिम्मेवारी दिएपछि उनले आफ्नो अपमान भएको भन्दै राजीनामा दिने घोषणा गरेका थिए ।

तर, बुधबार गृहजिल्ला झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै तामाङले अब सहसंयोजककै जिम्मेवारी स्वीकार गर्ने बताए । एकाएक सोच परिवर्तन किन भन्ने सञ्चारकर्मीको जिज्ञासामा तामाङले भने, ‘म मेरो जीवन नै त्याग गरेर, मेरो आदर्श नेता प्रचण्डले देखाएको बाटोमा अघि बढेको थिएँ, पद त्याग गर्नु के ठूलो कुरा भयो र ।’

‘शैक्षिक रुपान्तरण, जनजिवीका, राष्ट्रियताको मुद्दा समातेर एक वर्षभित्र अधिवेशन गर्ने मेरो स्पिरिट हो,’ तामाङले भने, ‘म त्यसैअनुसार पार्टीले दिएको जिम्मेवारी स्वीकार गर्दै संगठनमा क्रियाशील हुन्छु ।’

उनले अरु जनवर्गीय संगठनको नेतृत्व विधि प्रक्रियाअनुसार नै टुंगो लगाइए पनि विद्यार्थीमा भने त्यसविपरित भएको दोहोर्‍याए । ‘निर्णय चित्तबुझ्दो नभएपछि म राजीनामा पत्र लिएर पार्टी अध्यक्ष प्रचण्डलाई बुझाउन गएको थिएँ । उहाँले तपाईंलाई अन्याय परे पनि एकताका लागि त्याग गरेर युवा विद्यार्थीलाई सकारात्मक सन्देश दिनुपर्छ भन्नुभयो,’ तामाङले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस