नेपाल र अष्ट्रियाबिच उर्जा समझदारीमा हस्ताक्षर

जेठ ९, काठमाडौँ । नेपाल र अष्ट्रियाबिच उर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले उक्त समझदारीमा मंगलबार हस्ताक्षर गरेका हुन् ।

दुई देशबिच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान गर्ने सहमती भएको छ । त्यसका साथै परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्यसमुह बनाएर काम गर्ने समझदारी समेत बनेको छ ।

समझादरी अनुसार उर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख छ ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान गर्ने गरि दुई देशबिच मंगलबार भएको समझदारी ऐतिहासिक कोसेढुंगाको रुपमा लिएको बताए ।

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पुनले सरकारको १० वर्षमा १५ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको भन्दै त्यसका लागी लगानी र प्राविधिक सहयोग गरिदिन आग्रह गरे ।

संम्बन्धित समचार

Leave a Reply