चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु, दुई जना घाइते

जेठ ९,   मकवानपुर । कैलाश गाउँपालिका– २ बैकुण्ठमा बुधबार राति हावा हुरीसँगै परेको चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर अन्य दुई जना घाइते भएका छन् ।

चट्याङ लागेर बैकुण्ठकी ६५ वर्षीया साइलीमायाँ मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए।

यस्तै चट्याङ लागेर यही ठाउँका ३९ वर्षीय विनामायाँ मोक्तान र ७० वर्षीय डोल्मा बल गम्भीर घाइते भएका छन् । उनीहरुको डाँडाखर्क स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply