भारतीय लोकसभा चुनाव : रुझानमा भाजपा गठबन्धनको बहुमत !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ९, बिहिबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ ९,काठमाडौँ । भारतीय लोकसभा चुनावको प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ । गणनाको फरक फरक आँकडा सार्वजनिक भए पनि सबैले सत्तारुढ बीजेपी नै अगाडि देखिएका छन् ।

मतगणना सुरु भएको करिब डेढ घण्टाको अवधिमा सत्तारुढ गठबन्धन एनडीए २९७ स्थानमा अगाडि देखिएको छ । भाजपासहितको यो गठबन्धनले पहिलो रुझानमा बहुमत हासिल गरेको छ ।

कांग्रेससहितको विपक्षी गठबन्धन यूपीए एनडीएभन्दा पछि छ । यूपीएले १०० स्थानमा अग्रता लिएको छ । अन्य दल ७८ स्थानमा अगाडि छन् ।

भारतमा चैत २३ देखि सुरु भएको निर्वाचन गत आइतबार सम्पन्न भएको थियो । कुल ५४३ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । जसमा १ हजार २ सय ७९ उम्मेदवार मैदानमा छन् ।

कुल ५४३ सिटमध्ये बहुमतका लागि २७२ सिट आवश्यक पर्दछ ।

चुनावलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षणमा पनि सत्तारुढ गठबन्धन नै अगाडि रहने देखाइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस