जेठ १०,सप्तरी । कानून व्यवसायीहरुको संगठन जिल्ला बार एशोसिएसन सप्तरीको निर्वाचन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको निर्वाचनमा डोमन साह नेतृत्वको प्यानल विजयी भएको हो । अध्यक्षमा डोमन साहले अर्का समुहका उम्मेदवार महेश्वर साहलाई १९ मतको अन्तरले पराजित गरेका हुन् ।
त्यस्तै पदाधिकारीहरुमा उपाध्यक्षमा महेन्द्र प्रसाद देवले ४८ मत ल्याएर विजयी भएका छन भने उनको प्रतिद्वन्द्वी लोकनाथ यादवले ३५ मत ल्याएका छन् । त्यस्तै सचिवमा ओमप्रकाश यादवले ४५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी ध्रुव कुमार मण्डलले ३८ मत ल्याएका छन् । कोषध्यक्षमा शंकर कुमार मिश्रले ४५ मत ल्याएर विजयी भएका छन भने प्रतिद्वन्द्वी विरेन्द्र प्रसाद चौधरीले ३५ मत ल्याए ।
त्यस्तै सदस्यहरुमा शिवनारायण यादव , शम्भु कुमार यादव , रामनरेश दास, सुरेश कुमार सिंह र इन्द्रकान्त चौधरी निर्वाचित भएका छन् ।
त्यस्तै पार्षदमा केशर लाल खंग विर बहादुर कडारी, उमेश नाथ, शरण कर्मचन्द चौधरी र महेश्वर साह नेतृत्वको कमल कुमार यादव निर्वाचित भएका छन् ।
जिल्ला कार्यसमितिको निर्वाचनमा महेश्वर साह नेतृत्वको स्वतन्त्र पेशागत कानून व्यवसायी समुह र डोमन साह नेतृत्वको पेशागत हकहित प्रति पूर्ण प्रतिवद्ध समूहबीच चुनावी प्रतिस्पर्धामा रहेको थियो ।
कूल ८६ सदस्य रहेको जिल्ला बारको निर्वाचनमा दुई समुह बनाएर कानून व्यवसायीहरु निर्वाचन प्रतिस्पर्धामा थिए भने कूल ८३ मत खसेको निर्वाचन समितिका संयोजक दुर्गानन्द चौधरीले जानकारी दिए ।
यस अधि सह–सचिवमा रंजिता रिजाल र महिला सदस्यमा ममता चौधरी निर्विरोध निर्वाचित भईसकेका छन ।