गुजरातमा भीषण आगलागी : १५ जनाको मृत्यु, कैयौँले हाम फालेर ज्यान जोगाए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ जेष्ठ १०, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १०,काठमाडौँ । भारतको गुजरात राज्यको सूरत शहरमा रहेको एउटा कोचिङ सेन्टरमा आगलागी हुँदा एक शिक्षकसहित १५ विद्यार्थीको ज्यान गएको छ ।

सूरतको सर्थना बिनमा रहेको तक्षशिला कम्प्लेक्समा आगलागी हुँदा १५ जनाको ज्यान गएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

आगलागी भएको व्यावसायिक भवनमा कैयौँ मान्छे फसिरहेको प्रहरीले जानकारी दिएको छ । पीटीआईका अनुसार तक्षशिला कम्प्लेक्सको तेस्रो र चौथो तलामा आगो लागेको हो । समाचार च्यानलमा देखाइएको भिडियोमा मानिसहरु तेस्रो र चौथो तलाबाटै हाम फालेको देखिन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी घटनाप्रति दुःख व्यक्त गर्दै गुजरात सरकार र स्थानीय प्रशासनलाई प्रभावित नागरिकका लागि हरसम्भव सहयोग गर्न आग्रह गरेका छन् ।

गुजरातका मुख्यमन्त्री विजय रुपाणीले घटनाको अनुसन्धान गर्न निर्देशन दिँदै मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस