अस्पताल निर्माणका लागि साहले गरे जग्गादान

Post Thumbnail

असार १४,सिरहा । गाउँमा अस्पताल निर्माणका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी विन्देश्वर साहले जग्गादान गरेका छन ।

लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर बजारमा चिया पसल गर्दै आएका साहले आफ्नो नाममा रहेको गाउँको सम्पूर्ण ९सात कट्ठा १० धुर० जग्गा स्वास्थ्य मन्त्रालयको नाउँमा दान गरेका हुन ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सुनकोशी कन्सट्रक्सन नेपाल प्रालि काठमाडौँमार्फत अस्पताल भवन निर्माण गर्ने योजना रहे पनि जग्गा अभावमा भवन निर्माण गर्न नसकेको अवस्थामा साहले जग्गा दान दिएपछि अब छिट्टै अस्पताल निर्माण गर्ने वडा नं १ का वडाध्यक्ष मानिकलाल यादवले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस