जनप्रतिनिधिलाई मन्त्री बिष्टको आग्रह : प्रधानमन्त्री रोजगार कार्यक्रमलाई गरिब लक्षित बनाउनुस्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ १०, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १०,काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई गरिब नागरिक लक्षित बनाउन श्रम, रोजगार तथा सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रदेश र स्थानीय तहलाई पनि आग्रह गरेका छन ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन ।

यस्तै उनले शिक्षा, सेवा, औद्योगिक उत्पादन, अस्पताललगायतका क्षेत्रमा रोजगारीको अवसर कति छ भन्ने तथ्यांक खोज्ने र त्यसको जानकारी नागरिकलाई उपलब्ध गराउने पनि बताए । त्यसका लागि रोजगार सूचना प्रणाली स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिए ।

मन्त्री विष्टले रोजगारीको अवसर नपाएकाहरुलाई जीवन निर्वाहका लागि बेरोजगार भत्ता दिने निर्णय गर्नुपरेको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस