सगरमाथा आरोहणको क्रममा नेपाल तर्फबाट गएका मध्ये ८ जनाको मृत्यु

जेठ १२, काठमाडौँ । यो वर्ष सगरमाथा आरोहणको क्रममा अहिलेसम्म नेपाल तर्फको मार्ग प्रयोग गरेका मध्ये ८ जनाको निधन भएको छ ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार आरोहणको क्रममा ८ जनाको निधन भएको पुष्टि भएको पर्यटन विभागकी पर्वातारोहण निर्देशक मीरा आचार्यले बताएकी छन् ।

नेपालमा पर्वातोरोहण एजेन्सीहरुले चीन तर्फको मार्गबाट पनि आरोही पठाउने गरेका छन् । यसरी नेपाली एजेन्सी मार्फत गएका मध्ये चीन तर्फको मार्गमा कम्तिमा दुईजनाको ज्यान गएको छ ।

तर नेपाल तर्फको मार्ग प्रयोग गरेर गएका मध्ये ८ जनाको निधन भएको अहिलेसम्मको जानकारी रहेको निर्देशक आचार्यले बताइन् । अरु केही बेपत्ता भएको खबर रहे पनि उनीहरुको अवस्थाबारे स्पष्ट पुष्टि नभएको उनको भनाई छ ।

संम्बन्धित समचार

Leave a Reply