भारतीय प्रधानमन्त्री सपथ ग्रहण समारोह : मोदी–ईमरान सम्बन्ध छिट्टै न्यानो तर्फ उन्मुख नहुने संकेत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ १४, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १४,काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट लगायत आठ देशको सहभागिता रहने भएको छ । मे ३० मा प्रधानमन्त्री मोदीले भारतीय प्रधानमन्त्रीको रुपमा दोश्रो कार्यकालका लागि सपथ लिँदैछन् । बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्टहरु सहभागी रहेका छन् । यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ । जसमा भारतका अलवा नेपाल,बंगलादेश, म्यानमार,श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन् ।

किर्गिस्तान र मौरेससबाट समेत प्रतिनिधित्व हुने

यी सबै देशबाट सपथ समारोहमा प्रतिनिधित्व हुने जनाइएको छ । त्यसबाहेक किर्गिस्तान र मौरेससबाट समेत प्रतिनिधित्व हुने जनाइएको छ । यसअघि सन् २०१४ मा भएको सपथ समारोहमा सार्क मुलुकका राष्ट प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो । त्यसबेला पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ पनि सपथ समारोहमा सहभागी भएका थिए । तर यो पटक भने भारतले पाकिस्तानलाई निमन्त्रणा दिएको छैन् । पाकिस्तान सार्क सदस्य राष्ट भएपनि बिमस्टेकमा भने उसको प्रतिनिधित्व छैन ।

यसअघि साकै मुलुकका प्रमुखहरुलाई निमन्त्रणा दिने परम्परालाई भारतले यसपटक तोडेको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण १८ औं शिखर सम्मेलन सम्पन्न भएयता सार्क शिखर सम्मेलन हुन सकेको छैन । यसअघि १९ औं शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा गर्ने तयारी गरिए पनि भारतले अस्वीकार गरेपछि स्थगित भएको थियो ।

मोदी–ईमरान सम्बन्ध छिट्टै न्यानो तर्फ उन्मुख नहुने संकेत

झट्ट हेर्दा मोदीले छिमेकी देशलाई आफ्नो प्राथामिकतामा राख्ने खोजेपनि सिमाना नै जोडिएको अर्को देश पाकिस्तानलाई अझै टाढै राख्न खोजेको देखिन्छ । सर्वाधिक मत ल्याएर विजयी भएपछि पाकिस्तानले गरेको फोनले पनि मोदी–ईमरान सम्बन्ध छिट्टै न्यानो तर्फ उन्मुख नहुने संकेत मोदीले अहिले सपथ ग्रहणमा निम्तो नदिएर झन आशंका बढेको हो । यसले आगामी दिनमा मोदीले सार्क भन्दा बिमेस्टेकलाई प्राथामिकता राख्नेछन भन्ने प्रष्ट छ ।

ताजा अपडेट

खोजी गर्नुहोस