भूकम्पपछि बन्द भएको तातोपानी नाका आजदेखि सञ्चालनमा आयो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ १४, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १४,काठमाडौँ । २०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका आजदेखि सञ्चालनमा आएको छ । आज बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो ।

ती कन्टेनर खासाबाट ऊन बोकेर भोली काठमाण्डौ आइपुग्ने छ । ती कन्टेनरको पास प्रक्रिया हिजो पूरा गरी आज बिहानै चिनिया पक्षको अनुमतिमा खासाका लागि प्रवेश गराइएको हो ।

गोरखा भूकम्पले नेपाल चीन जोड्ने मितेरी पुल भत्किएपछि तातोपानी नाका बन्द भएको थियो । अहिले पनि मितेरीपुलको निर्माण भैरहेको छ । नेपाल–चीन जोड्ने मितेरी पुल निर्माणको काम भैरहेकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकबाट नै कन्टेनर चीनतर्फ गएका हुन् ।

चार वर्षसम्म बन्द रहेको तातोपानी नाका अब नयाँ स्वरुपमा स्थापित हुँदैछ । भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस