प्रेम गीत ३’ चलचित्रको नायिका बन्न २५ जना युवती ‘शर्टलिस्ट’मा (को–को छन, सुचिसहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ जेष्ठ १४, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ १४,काठमाडौँ । प्रेम गीत ३’ चलचित्रको नायिका बन्न २५ जना युवती ‘शर्टलिस्ट’मा परेका छन् ।

‘आशुसेन फिल्मस प्रोडक्सन’ले निर्माण गर्ने चलचित्रका लागि ‘गीत’को भूमिकाका लागि खुल्ला प्रतिस्पर्धाबाट नायिका छान्न आवेदन आह्वान गरिएको थियो । जसमा देशभरबाट २ हजार ७ सय १४ जनाले आवेदन हालेका थिए ।

त्यसमध्येबाट उत्कृष्ट २५ जना युवती अडिसनका लागि छनौट गरिएको निर्माता सन्तोष सेनले जानकारी दिए । २५ जनामध्ये उत्कृष्ट एक जना युवतीले नायक प्रदीप खड्कासँग प्रेमगीत ३ मा अभिनय गर्नेछिन् ।

छेतेन गुरुङ र निर्माता सेनले सयुंक्त रुपमा निर्देशन गर्ने यो चलचित्र आउँदो चैत २८ गते रिलिज हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस