मिङ्मा शेर्पा ‘टुरिजम म्यान अफ दि इयर’

Post Thumbnail

गन्तव्य नेपाल समुहले ‘टुरिजम म्यान अफ दि इयर’बाट पर्वतारोहण क्षेत्रमा काम गर्दै आएका मिङ्मा शेर्पालाई आज सम्मान गरेको छ ।

शेर्पा आरोहण क्षेत्रमा सबैभन्दा बढी राजस्व तिर्ने व्यवसायी समेत हुन । कार्यक्रममा उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त अवार्डबाट सम्मान गरेका हुन ।

यस्तै सोसल सर्भिस लाईफ टाईम अवार्डबाट हेल्थ एण्ड एजुकेशन नेपालका अध्यक्ष जगतबहादुर गुरुङ, योग टुरिजम अवार्डबाट योगाचार्य सुवोध सिंखडा, एक्सलेन्स प्रोडक्सन अवार्डबाट रामकुमार अधिकारी, टुरिजम पर्सनालिटी अवार्डबाट युवराज श्रेष्ठलाई सम्मान गरिएको छ ।

टुरिजम अवार्डबाट दुर्गादत्त ढकाल, पेम्बा शेर्पा, आशुतोष प्रधान, सजना अधिकारी, पेम्बा लामा र अर्गानिक एग्रो टुरिजम अवार्डबाट नवराज श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्याममा आवद्ध पत्रकार शिव देवकोटा, कृष्ण सुवेदी, रविन थपलिया र भिमप्रसाद सापकोटालाई समेत सम्मान गरिएको थियो ।

आयोजक गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले सन् २०१० बाट अवार्ड वितरण शुरु गरिएको जानकारी दिँदै पर्यटन विकासमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस