आँचल भन्छिन : ‘शत्रुगते जस्ता हुलमुलका फिल्म गर्दिनँ ‘

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ अषाढ १४, बिहिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार १४,काठमाडौँ । ‘नाई नभन्नू ल ४’ बाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री आँचल शर्मा गएको चैत ९ गते प्रदर्शनमा आएको फिल्म ुशत्रु गतेु पछि भदौ १ गते फिल्म ‘ब्ल्याक’ मार्फत् फेरि पर्दामा देखिँदैछिन् । एकपछि अर्को फिल्ममा अभिनेता पल शाहभन्दा अरुसँग जोडी नबाँधेकी उनले यसमा भने आकाश श्रेष्ठसँग रोमान्स गरेकी छन् ।

‘शत्रु गते’ बक्सअफिसमा हिट हुँदा पनि आँचलको खासै चर्चा भएन । आफ्नो खातामा एक हिट फिल्म ‘प्लसु भयो भन्ने खुसीबाहेक उनले चित्त बुझाउने ठाउँ अरु थिएन । तर, उनी ‘शत्रु गते’ ले आफ्नो करिअरलाई अगाडि बढाउन ठूलो सहयोग गरेको बताउँछिन् ।

बिहीवार फिल्म ‘ब्ल्याक’ को ट्रेलर रिलिज कार्यक्रममा उनले भनिन्, ‘हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ जस्तो बरिष्ठ व्यक्तिसँग काम गर्न पाएँ त्यो मेरो लागि सानो कुरा होइन । तर अब म हुलमुलका फिल्म गर्दिनँ ।’

‘शत्रु गतेु मा मल्टिस्टारर कलाकारहरुको अभिनय थियो । यसकारण उनलाई दर्शकले आफूलाई चिन्ने हुन् वा होइनन् भन्ने ठूलो डर थियो । रिजल्ट सोचेजस्तै आयो । धेरै कलाकार हुँदा उनी खासै नोटिसमा परिनन् । अब उनले ‘शत्रु गते’ जस्ता हुलमुलका फिल्म नगर्ने निर्णय लिएकी छिन् ।

‘शत्रु गते’ ले फाइदा पनि भयो अनि हुलमुलका फिल्म पनि गर्दिन ? कुरा बाजिएन र ? पत्रकारको प्रश्न उनीमाथि तेर्सियो । उनले जवाफ दिँदै भनिन्, ‘धेरै कलाकार हुँदो नोटिस हुन गाह्रो हुँदो रहेछ भन्ने बुझेँ । ‘ब्ल्याक’ मा म र आकाश प्रमुख भूमिकामा छौं । दर्शकले फिल्म हेर्दा मलाई राम्रोसँग नोटिस गर्नुहुन्छ । यसकारण अब सोलो भूमिका भएमात्र काम गर्ने गर्ने सोच छ ।’

आँचलको यो कुराले ‘शत्रु गते’ बाट उनलाई नाफाभन्दा बढी घाटा भएको प्रष्ट हुन्छ । के भोलीका दिनमा उनलाई हुलमुलमा नमिसाई लिड रोलमा लिन निर्मातारनिर्देशकले जोखिम उठाउँलान् ? हेर्न बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस