कोरियाली प्रायद्धिपमा फेरी तनाव उच्चस्तरीय वार्ता रद्द !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ जेष्ठ २, बुधबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

जेठ १,काठमाडौँ । उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै उत्तर कोरियाले वार्ता रद्द गरेको हो ।
उत्तर र दक्षिण कोरियाबीच पनमुनजोनमा आज वार्ता हुने तयारी थियो । उत्तर कोरियाको समाचार एजेन्सी केसीएनका अनुसार १२ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच सिंगापुरमा तय भएको वार्ताको भविष्यमा पनि प्रश्न उठेको छ ।
केसीएनका अनुसार अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास ‘उक्साहट’ हो ।
अमेरिका र दक्षिण कोरियाले शुक्रबारबाट ‘मेक्स थन्डर’ नामक संयुक्त युद्ध अभ्यास सुरु गरेका थिए । बी–५२ बम वर्षक विमान र एफ–१५ जेट विमानसमेत करिब १ सय लडानु विमान अभ्यासमा छन् ।
सन् १९५३ मा भएको द्वीपक्षीय सम्झौताअनुसार अमेरिका र दक्षिण कोरियाले यस प्रकारको युद्ध अभ्यास गर्दै आएका छन् । तर उत्तर कोरियाले भने त्यसको विरोध गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस