जेठ १७,गुल्मी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा पर्ने गुल्मीको धुर्कोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । शुक्रबारदेखि सो गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको हो ।
धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलका अनुसार गाउँपालिकामा १५० जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको छ ।
उनका अनुसार शिक्षण संस्थामा १३ जना, स्वास्थमा ४ जना, कृषि र पशुपालनमा १५ जना, सिञ्चाईमा १५ जना, विद्युतमा ७ जनाले रोजागारी प्राप्त गरेका छन् । त्यस्तै खानेपानी मर्मतमा १५ र सडक मर्मतमा ८१ जना रहेका छन् ।